आयल निगमको असक्षमताले खाना पकाउने ग्याँसको अभाव भयो : उपभोक्ता मञ्च
काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले नेपाल आयल निगमको असक्षमताका कारण नेपालमा खाना पकाउने ग्याँसको अभाव देखिएको बताएको छ ।
विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सो आरोप लगाएका हुन् । उनले नेपालमा खाना पकाउने ग्याँससहित पेट्रोलियम पदार्थको समस्या देखिनुमा वाह्य प्रभाव कुनै नरहेको जिकिर समेत गरे। नेपाल आयल निगमको व्यवस्थापकीय असक्षमता र सूचना लुकाएको कारणले खाना पकाउने ग्याँसको समस्या मुलुकमा आएको मञ्चका अध्यक्ष महर्जनको आरोप थियो । अध्यक्ष महर्जनले खाना पकाउने ग्यासको अभाव हुनुमा कालोबजारीले पनि काम गरेको दाबी गरे।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले उपभोक्ताहरुको हित संरक्षणका लागि विद्यमान कानूननै पुनर्लेखन गर्न आवश्यक रहेको बताए। उनले कानून कार्यालयन गर्ने निकायले नै अनुगमनको काम पनि गर्ने व्यवस्था विद्यमान ऐनमा भएकाले त्यसलाई परिमार्जन गर्न पनि सो सम्बन्धि कानूनको पुनर्लेखन आवश्यक रहेको तर्क गरे।
अध्यक्ष श्रेष्ठले सरकारी निकायहरुबीचको समन्वयको अभावमा व्यवसायीहरुको आफ्नो उत्पादन प्रवद्र्धनमा समेत समस्या झेल्नुपर्ने अवस्था अझै पनि रहेको बताएका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE