आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

खाडीका १० वटै दुतावासबाट नियमित सेवा प्रवाह जारी, रोकिएको श्रम स्वीकृति खुलाउने विषयमा छलफल शुरु

काठमाडौं । पश्चिम एशियामा सुरक्षा चुनौती थपिएको भएपनि त्यहाँ रहेका नेपालका १० वटै कुटनीतिक नियोग ९दुतावास० हरूले आफ्नो नियमित सेवालाई निर्वाध रूपमा सञ्चालन गरिरहेको सरकारले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले दूतावासहरू बन्द नभएको र नेपालीहरूले पाउने सेवा सुविधामा कुनै कटौती नभएको स्पष्ट पारेको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीकाअनुसार दुतावासहरूले राहदानी ९पासपोर्ट० नवीकरणलगायतका सम्पूर्ण कन्सुलर सेवाहरू निरन्तर प्रदान गरिरहेका छन् । सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै अनलाइनबाट दिन सकिने सेवाहरूलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लगिएको छ ।
केन्द्रबाट पनि दुतावासहरूलाई आवश्यक पर्ने सबै प्रकारका समन्वय र सहयोग भइरहेको उनको भनाइ छ।

उनले भने, ‘ हाम्रा १० वटा नियोगहरु निर्बाध खुलिरहेको अवस्था छ । उहाँहरुले पासपोर्ट सेवासहित अन्य जति पनि सेवाहरु छन्, त्यो सेवाहरु उहाँले पु¥याइराख्नुभएको छ । कतिपय सेवा त अहिले अनलाइन नै गर्न सकिने अवस्था छ, पहिलेदेखि नै अनलाइन नै थियो र कतिपय अवस्था यो अवस्थालाई हेरेर अनलाइनबाट गर्न सकिने कामहरुलाई अनलाइनबाट, फिजिकल्ली नै प्रिजेन्ट हुनुपर्ने कामहरु जस्तो पासपोर्टको इनरोलमेन्टका कुराहरु हुन्छन् त्यसका लागि फिजिकल्ली आउन आउनका लागि टाइम लिएर आउने जुन प्रवन्ध छ, त्यसलाई सुचारु राखिएको अवस्था छ । हामीले यहाँ केन्द्रबाट पनि उहाँहरुलाई आवश्यक सहयोगका लागि समन्वय गरी नै राखेका छौँ । जहाँसम्म श्रम स्वीकृतिको विषय छ यहाँलाई जानकारीमै छ, श्रम स्वीकृति अहिले रोकिएको अवस्था छ । नयाँको लागि पनि र आइसक्नु भएको र पुनः त्यो क्षेत्रमा जानेहरुको लागि पनि अहिले बन्द भएको अवस्था छ । तर यसलाई के गर्ने भन्ने विषयमा पनि आज छलफल भएको छ र यो छलफलले कुनै टुंगो लाग्छ छिटै भन्नेमा हामी आशावादी हुनसक्छौँ । पासपोर्टको इनरोलमेन्ट ९बायोमेट्रिक० जस्ता भौतिक रूपमै उपस्थित हुनुपर्ने कामहरूका लागि अग्रिम समय ९टाइम० लिएर आउने प्रवन्ध मिलाइएको छ । यसले गर्दा सेवाग्राहीलाई सुरक्षित र सहज भएको छ, ।’

यसैबीच, सुरक्षा संवेदनशीलतालाई हेरेर सरकारले हाल पश्चिम एशियाका केही देशहरूका लागि स्थगित गरेको श्रम स्वीकृतिको विषयमा पनि पुनर्विचार हुने भएको छ । हाल नयाँ जाने श्रमिक र बिदामा आएर पुनः फर्कने ९रि–इन्ट्री० दुवैका लागि श्रम स्वीकृति रोकिएको छ । तर यस विषयमा सरोकारवाला निकायहरूसँग गम्भीर छलफल भइरहेको र छिट्टै कुनै सकारात्मक टुंगो लाग्नेमा मन्त्रालय आशावादी रहेको प्रवक्ता पौडेलले जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x