आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

डीपीको स्पष्टीकरण : स्वास्थ्यका कारण रवि र बालेन्द्र आउन सक्नु भएन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले नवनिर्वाचित संघीय सांसदहरूलाई मंगलबारदेखि दुई दिने आवासीय तालिम दिइरहेको छ ।ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा मंगलबार बिहान उक्त आवासीय प्रशिक्षण कार्यक्रममा सुरू भएको हो ।

उक्त प्रशिक्षण कार्यक्रममा देशभरबाट निर्वाचित १८२ जना रास्वपा सांसदहरू उपस्थित छन् ।उक्त प्रशिक्षणमा बोल्दै उपसभापति डीपी अर्यालले रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह स्वास्थ्यमा समस्या र व्यस्तता कारण अभिमुखीकरण कार्यक्रममा उपस्थित हुन नसकेको बताए ।

उनले अभिमुखीकरण कार्यक्रममा दुवै नेताहरूलाई उपस्थित गराउन कोसिस भइरहेको बताए यद्यपि रवि लामिछाने भने बुधबार र समापन कार्यक्रममा उपस्थित हुनेछन् ।वरिष्ठ नेता बालेन्द्र उक्त अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा पुगेनन् । अब समापन पनि उपस्थित हुने जानकारी अहिलेसम्म छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x