आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026

चिनियाँ राष्ट्रपतिको किताब जलाएको घटना छानबिन गरी दोषीलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं। गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पु¥याउने किसिमको घटनाका सम्बन्धमा छानविन गरी दोषी उपर आवश्यक कारवाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।

परराष्ट्र मन्त्रालयको पत्रानुसार विस्तृत व्यहोरा संलग्न पत्रबाट अवगत भएको र पत्रमा उल्लेख भएको घटनाका सम्बन्धमा छानविन गरी दोषीलाई कारवाहीका लागि पठाइएको मन्त्रालयले उल्लेख गरेको छ ।मोरङको मनमोहन टेक्निकल इन्टच्यूमा चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ भन्ने किताब जलाएको विषयमा चीनले परराष्ट्र मन्त्रालयमार्फत ध्यानाकर्षण गराएको थियो ।

उक्त घटनाको छानविन तथा कारवाही गर्न काठमाडौँस्थित जनवादी गणतन्त्र चीनको दूतावासबाट प्राप्त कूटनीतिक पत्रसहित परराष्ट्र मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । सोही पत्रउपर गृह मन्त्रालयले आवश्यक कारवाहीका लागि प्रहरीलाई पत्राचार गरेको हो ।

सो घटनाका सम्बन्धमा अनुसन्धान गर्न दोषीलाई कानुनी दायरामा ल्याउन मोरङको सीडीओ प्रशासन र प्रहरीलाई गृहमन्त्रालयले निर्देशन दिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x