आज चैते दशैँको घटस्थापना
काठमाडौं । आजदेखि चैते दशैँको नवरात्र शुरु हुँदैछ । चैत्र नवरात्रका अवसरमा आज काठमाण्डौको हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदैछ ।
चैत्र नवरात्रको घटस्थापनाका लागि आज बिहान ७ बजेर ५१ मिनेटको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले जानकारी दिए। आज उत्तर फर्केर घटस्थापना गर्नुपर्ने साइत दिइएको पनि उनले बताए।
यस अवसरमा देशभरका देवी मन्दिर एवं शक्तिपीठमा पनि पूजाआराधना एवं उपासनाका लागि भक्तजनको लाम लाग्ने गर्छ । चैते दशैँको मुख्य दिन भने यसपालिको आउँदो १२ गते परेको छ ।
शास्त्रीय नियमअनुसार वर्षमा चारवटा नवरात्र पर्ने गरेका छन् । असार शुक्ल पक्ष, अशोज शुक्ल पक्ष, पुस शुक्ल पक्ष र चैत शुक्ल पक्ष गरी वर्षमा चार नवरात्र मनाउने गरिन्छ । नेपाली परम्परामा असार र पुस शुक्ल पक्षको नवरात्रलाई लुप्त नवरात्र पनि भनिन्छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE