आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

प्रधानमन्त्री कार्कीले गरिन् रारा तालको भ्रमण

काठमाडौं।प्रधानमन्त्री सुशीला कार्कीले मुगुको रारा तालको भ्रमण गरेकी छिन् । बिहीबार नेपाली सेनाको हेलिकप्टरमार्फत रारा पुगेकी कार्कीले तालको अवलोकन गरिन् ।

साथै, सुरक्षा निकायसँग छलफल गर्दै जुम्ला फर्किएको मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले रातोपाटीलाई बताए ।
रारा पुगेर कार्कीले भनिन्, ‘कर्णालीको विकट भौगोलिक अवस्था र सीमित स्रोत साधनका बाबजुद निर्वाचन सफल पार्न भूमिका खेल्ने सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मी, स्थानीय सबैलाई धन्यवाद ।’

प्रधानमन्त्री कार्की आज जुम्लामै बास बस्नेछिन् । उनको औपचारिक कार्यक्रम भने कुनै नभएको जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए ।जुम्लामा कार्कीले चन्दननाथ मन्दीर दर्शन गर्ने कार्यक्रम रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x