आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026

६४ अंक बढ्यो सेयर बजार, २१ अर्ब नाघ्यो कारोबार

काठमाडौं। बिहीबार सेयर बजार ६४.६९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २८७७ मा कायम भएको छ । बजार खुलेदेखि निरन्तर उकालोमा रह्यो ।

बजारको परिसूचक नेप्सेका अलवा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १२ अर्ब ३ करोडको कारोबार भएकोमा आज २१ अर्ब २२ करोडको भयो । यसअघि फागुन २६ गते २१ अर्ब ५० करोडको कारोबार भएको थियो । त्यस्तै २०८१ साउन ३१ गते हालसम्मकै उच्च २९ अर्ब ९५ करोडको कारोबार भएको रेकर्ड छ । २४० कम्पनीको मूल्य बढ्दा २२ को घट्यो भने २ को स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् ।

विकास बैंक समूह सबैभन्दा धेरै ३.९५ प्रतिशत बढ्यो । माहुली लघुवित्तको मूल्य सबैभन्दा धेरै २.९७ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, नेसनल हाइड्रोपावर, रिडी पावर, आँखुखोला जलसवद्युत् र माथिल्लो तामाकोशी छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x