सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

यूएईमा सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा युनाइटेड अरब इमिरेट्स यूएई मा हालसम्म ७ नेपाली पक्राउ परेका छन् ।
इजरायल–अमेरिका र इरानबीच जारी युद्धपछि इरानले यूएईमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै आएको छ ।

आक्रमणपछि खसेका ड्रोन तथा मिसाइलका फोटो, भिडियो खिच्ने, सामाजिक सञ्जालमा हालेको आरोपमा यूएई प्रहरीले हालसम्म ७ जना नेपालीलाई पक्राउ गरेको हो ।परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले यूएईमा हालसम्म ७ नेपालीलाई पक्राउ गरिएको जानकारी आएको बताए ।परराष्ट्र मन्त्रालयले फोटो, भिडियो नखिच्न तथा सामाजिक सञ्जालमा पोस्ट नगर्न अनुरोध गर्दै आएको छ ।यूईएले यसअघि नै इरानको आक्रमणसँगै त्यस्ता खालका फोटो तथा भिडियो पोस्ट नगर्न अनुरोध गरेको थियो ।

तर, त्यसको अवज्ञा गर्दै कतिपय नेपालीले फोटो तथा भिडियो खिच्ने र पोस्ट गर्ने गरेको थियो ।सरकारका कडा निर्देशन अवज्ञा गरेको पाइएपछि यूएईको महान्यायाधिवक्ता कार्यालयले पक्राउ गरेर अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको थियो ।

सोही आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।यूएईमा त्यसरी पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्दै दोषी ठहरिएको खण्डमा एक वर्षसम्म कैद र कैद भुक्तान भएपछि डिपोर्ट गरिदिने प्रावधान छ । त्यसका साथै १ लाख यूएई दिरामसम्म जरिबाना गरिने प्रावधान छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x