आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026

नारायणगढ–बुटवलअन्तर्गत दाउन्ने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

काठमाडौं । शुक्रबारदेखि आएको वर्षापछिको पहिरोले नारायणगढ–बुटवलअन्तर्गत दाउन्ने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

भारी वर्षापछि बाटो चिप्लो भएका कारण दुर्वतर्फका सवारीसाधान चल्न सकेका छैनन् । ती सवारीलाई पाल्टा रुट हुँदै डाइभर्सन गरिएको प्रहरीले जनाएको छ ।

यता सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पाको सिद्धबाबा क्षेत्रमा पनि लेदोसहितको ढुंगामाटो झरेकाले दुवैतर्फको बाटो बन्द भएको छ ।

अनावश्यक यात्रा नगर्न र गर्नै परे ट्राफिक व्यवस्थापन बुटवल, जिल्ला ट्राफिक कार्यालय पाल्पा, जिल्ला ट्राफिक प्रहरी कार्याल नवलपरासी (पश्चिम)बाट सूचना लिएर मात्रै यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x