३० आश्विन २०८३, शुक्रबार

सिरहामा मोटरसाइकल मर्मतको भुक्तानीको विषयमा झडप हुदा ६ जना घाइते

0
Shares


काठमाडौं । सिरहा नगरपालिका–१२ सारसर क्षेत्रमा मोटरसाइकल मर्मत गरेको पैसा नतिरेको विषयमा विवाद हुँदा दुई समूहबीच झडप भएको छ ।

झडपमा ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार घटना ६ चैत अपराह्न करिब ४ स् ५० बजेको हो ।

स्थानीय सलमान मियाँ र हासिम दफाली पक्षबीच विवाद चर्किएपछि घटनाले ठूलो रुप लिएको प्रहरीले जनाएको छ ।

घटना भएको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक गजेन्द्र नारायण रायको कमाण्डमा टोली खटिएर अवस्था नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कुटपिटमा परी सलमान पक्षका ४ जना घाइते भएका छन् भने हासिम पक्षका दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले जान्कारी दिए ।

सलमानपक्षका घाइते हुनेमा भुटनी खातुन, रहमद दफाल, इरफान मियाँ र लालबाबु मियाँ रहेका छन् ।

हासिम पक्षका घाइते हुनेमा अरमान हुसेन र आरिफ दफाली रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये भुटी खातुनलाई थप उपचारका लागि विराटनगर पठाइएको छ । अन्य घाइते सबैलाई प्रादेशिक अस्पताल सिरहामा भर्ना गरिएको छ ।

प्रहरीले घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।