शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आज पनि प्रदर्शन

काठमाडौं । गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

घाइते जेनजी नेपाल, राष्ट्रिय जेनजी जनएकता अभियान लगाएतका युवाहरूको समूहले जाँचबुझ आयोगको प्रतिवेदन लुकाउन खोजिएको आशंका गर्दै शनिबार पनि काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।उनीहरूले जेनजी आन्दोलन खोलामा प्रतिवेदन बन्द झोलामा, कुन भ्रष्टलाई बेचिस?, कार्की आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर, जेनजीहरू नारामा आमा उता रारामा लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।जाँचबुझ आयोगको प्रतिवेदन लुकाएर जेनजी शहीद र घाइतेहरूलाई अन्याय गर्न नपाइने उनीहरूले जनाएका छन् । साथै युवाहरूले जेनजी आन्दोलनको ढाडमा टेकेर नेताहरू सांसद बनेपनि जेनजी आन्दोलनको उदेश्य अझै पुरा हुन नसकेको जनाएका छन् ।

उनीहरूले सरकारी संरचना जलाउने र प्रहरीमाथि कुटपिट गर्ने जेनजी आफुहरू नभएको भन्दै भाद्र २३ र २४ का घटनामा दोषि देखिएकालाई कारवाही गर्नुपर्ने माग राखेका छन् ।जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएपनि अझै सार्वजनिक हुन नसकेपछि युवाहरूले आशंका व्यक्त गरेका छन् ।।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x