सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

बुटवल–नारायणगढ सडकखण्ड अझै अवरुद्ध, यात्रुलाई सास्ती

काठमाडौं । बुटवल–नारायणगढ सडकखण्ड अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्नेखण्डमा सडक चिप्लो र हिलो भएपछि यातायात सेवा प्रभावित भएको हो । सडकखण्ड शुक्रबार (चैत ६)देखि अवरुद्ध छ ।वर्षा रोकिए पनि सडकमा जमेको हिलो तथा दाउन्ने पहाडबाट लेदो माटो बग्ने क्रम नरोकिँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का एसपी युवराज खड्काले बताए ।

दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर आसपास क्षेत्रमा सडक हिलो र चिप्लो हुँदा सवारीसाधन उकालो चढ्न नसकेर बीचबाटोमै फसिरहेको उनले जानकारी दिए ।तीन दिनदेखि सडक अवरुद्ध हुँदा यात्रु र चालक बाटोमै अलपत्र परेका छन् । लामो दूरीका यात्रु तथा मालवाहक सवारीसाधन सडकमा रोकिँदा गन्तव्यमा पुग्न ढिलाइ भएको छ ।

दाउन्नेखण्डमा सडक विस्तारको काम जारी रहेकाले सामान्य वर्षामा समेत बाटो अवरुद्ध हुने समस्या दोहोरिँदै आएको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ । अवरुद्ध सडक खुलाउन मर्मत तथा सुधारको प्रयास भइरहेको आयोजनाले जानकारी दिएको छ ।

यसैबीच, नारायणघाट–बुटवल सडक योजना कार्यालयले आज (चैत ८)सम्म त्यहाँ प्रत्येक दिन बेलुका ७ः०० देखि बिहान ५ः०० बजेसम्म ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । हाल साना तथा आकस्मिक सेवाका सवारीसाधन समेत प्रभावित भएका छन्

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x