लिपुलेक हुँदै सीमा व्यापार शुरू गर्ने भारत र चीनको तयारी
काठमाण्डौ। नेपालले आफ्नो नक्सामा समावेश गरेको लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनले सीमा व्यापार फेरि शुरू गर्ने तयारी गरेका छन् ।लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमिटरभित्रको भूमि हो ।
यो भूमि हुँदै व्यापार सञ्चालनका लागि भारतको विदेश मन्त्रालयले अनुमति दिइसकेको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको हो ।जुनदेखि सेप्टेम्बरसम्म चल्ने व्यापार सत्रका लागि केन्द्र सरकारको आदेशअनुसार तयारी शुरू भइसकेको पीटीआईले दाबी गरेको छ ।स्थानीयवासीले पुलाङ–गुञ्जी भन्ने लिपुलेक भञ्ज्याङ कालापानी क्षेत्रमा रहेको तीन वटा गाउँमध्ये एक हो ।
अहिले भारतीय नियन्त्रणमा रहेको यो क्षेत्रमाथि नेपालले निरन्तर आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ ।यसअघि सन् २०१५ र २०२० मा पनि नेपालले लिपुलेकको विषयमा भारत र चीनले गरेको द्विपक्षीय सम्झौताको विरोध गरेको थियो ।भारतको विदेश मन्त्रालयले ‘नो अब्जेक्शन सर्टिफिकेट’ ९एनओसी० जारी गरेपछि यो व्यापार फेरि शुरू हुन लागेको हो ।
भारतीय विदेश सचिव विक्रम मिस्रीले उत्तराखण्डका मुख्य सचिव आनन्द बर्धनलाई हिमालयन भञ्ज्याङ हुँदै हुने व्यापार पुनः शुरू गर्न अनुरोध गर्दै पत्र लेखेको जानकारी दिनुभएको खबरमा उल्लेख छ ।नेपालले आफ्नो आधिकारिक नक्सामा महाकाली नदीपूर्वको लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE