सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका विपद्का घटनामा ६ जना घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका विपद्का घटनामा ६ जना घाइते भएका छन् ।

विपद्का घटनामा परी भने १ सय ९५ घरपरिवार प्रभावित भएका छन् । राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो अवधिमा विपदका ३७ वटा घटना दर्ता भएका छन् ।

जसमा आगलागीका ८ वटा घटना हुँदा ३४ घरपरिवार प्रभावित भएका छन् । त्यस्तै चट्याङका १० वटा घटना हुँदा ३२ घरपरिवार प्रभावित भएका छन् भने यसबाट ३ जना घाइते भएका छन् ।

यस्तै, हावाहुरीका ८ वटा घटनामा ३१ घरपरिवार प्रभावित भएका छन् । सर्पदंशका १ घटनामा १ जना घाइते भएका छन् भने पहिरोका १ घटनामा ४ घरपरिवार प्रभावित भएका छन् । वन्यजन्तु आक्रमणका ३ वटा घटनामा ४ घरपरिवार प्रभावित भएका छन् र १ जना घाइते भएका छन् ।

बाढीका १ घटनामा २ घरपरिवार प्रभावित भएका छन् भने हिमपातका २ घटनामा ६ घरपरिवार प्रभावित भएका छन् । यी घटनाबाट ठूलो मानवीय क्षति नभए पनि जनधनमा क्षति पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x