सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

निर्वाचन आयोगले प्रधानमन्त्री कार्कीलाई बुझायो निर्वाचनको मत परिणामसहितको प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसमक्ष निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लगायतका पदाधिकारीहरूले आइतबार प्रधानमन्त्री कार्कीसमक्ष प्रतिवेदन पेश गरेका हुन् ।

आयुक्तहरू डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतलगायत पनि सो कार्यक्रममा पुगेका थिए ।

त्यस्तै, गृहमन्त्री ओमप्रकाश अर्याल तथा कानुन अनिल कुमार सिन्हा पनि प्रतिवेदन ग्रहण कार्यक्रममा सरिक थिए ।

आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई पनि निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन बुझाइसकेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x