वन मन्त्रालयले भन्योः यस वर्ष वन डढेलोको घटना कम हुन्छ
काठमाडौं । वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले आगामी चालु आ.व.मा वन बढेलोको घटना हुने सम्भावना कम रहेको बताएका छन् ।
सोमवार काठमाडौंमा आयोजित वन डढेलो सम्बन्धि कार्यक्रममा बोल्दै उनले सो दाबी गरेका हुन् । सचिव शर्माले यस वर्ष हिउँदे वर्षात भएकाले वन डढेलोको सम्भावना घट्ने देखिएको पनि स्पष्ट पारे । हिउँदे वर्षातले वनमा रहेका पातपतिंगरहरु कुहिने भएकाले पनि प्राकृतिक रुपमा पनि वनमा डढेलो लाग्ने सम्भावना कम देखिएको उनको तर्क थियो । सचिव शर्माले आगलागीको आकस्मिक घटनाबाट हुने क्षतिलाई न्युनिकरण गर्न चनाखो भएर लाग्नुपर्ने अवस्था रहेको समेत बताएका छन् ।
सचिव शर्माले वन डढेलोका सम्बन्धिमा विस्तृत रुपमा जनचेतना फैल्याउन पनि यस क्षेत्रमा धेरै अनुसन्धानको काम आवश्यक रहेको पनि बताएका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE