बानेश्वरमा ‘गत्लाङका महिलाको सङ्घर्ष’ तस्बिर प्रदर्शनी शुरु
काठमाडौं। रसुवाको गत्लाङ गाउँका महिलाहरूको मेहनत, दिनचर्या र सङ्घर्षलाई उजागर गर्ने उद्देश्यले काठमाडौंको नयाँ बानेश्वरस्थित ‘उमोजा कफी’ मा तस्बिर प्रदर्शनी शुरु भएको छ ।सोमवारदेखि ‘गत्लाङका महिलाको सङ्घर्ष’ शिर्षकमा उक्त प्रदर्शनी आयोजना गरिएको हो ।
दुई दिनसम्म चल्ने यस प्रदर्शनीमा करिव दुई दशकदेखि फोटो पत्रकारितामा सक्रिय केशवराज थोकरले खिचेका उत्कृष्ट तस्बिरहरू राखिएका छन् । यस प्रदर्शनीको मुख्य उद्देश्य गत्लाङका श्रमजीवी महिलाहरूको जीवन सङ्घर्षलाई आम मानिसमाझ पु¥याउँदै उनीहरूप्रति उच्च सम्मान प्रकट गर्नु रहेको आयोजकले जनाएको छ ।
प्रदर्शनीमा राखिएका तस्बिरहरूले रसुवाको आमाछोदिङ्मो गाउँपालिका वडा नं. ३ मा अवस्थित सुन्दर पर्यटकीय गाउँ गत्लाङको जीवन्त कथा बोल्छन् । करिव ३ सय घरधुरी रहेको यस गाउँमा विशेषगरी तामाङ र दलित समुदायको बसोवास छ । यहाँका महिलाहरू बिहान उठेदेखि बेलुकीसम्म घरधन्दा, खेतीपाती, याक तथा भेडाच्याङ्ग्राको हेरचाह गर्नेदेखि लिएर ऊनको राडीपाखी बुन्नेसम्मका काममा अग्रपङ्क्तिमा खटिन्छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE