बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य

काठमाडौं । नेपालको तयारी पोशाक क्षेत्रलाई विश्व बजारमा प्रतिष्पर्धी बनाउन र उच्च मूल्यका वस्तु निर्यात बढाउन तयारी पोशाक उद्योग संघ र अन्तर्राष्ट्रिय संस्था ‘ऊलमार्क’ बीच सहकार्य शुरु भएको छ ।

राजधानीमा आयोजित ‘अपर्चुनिटी विथ मेरिनो ऊल फर नेपाल’ विषयक कार्यक्रममा संघका अध्यक्ष पशुपतिदेव पाण्डेले अष्ट्रेलियाको ऊलमार्कसँगको सहकार्यले नेपाली अर्थतन्त्र र निर्यात क्षेत्रमा नयाँ इँटा थप्ने विश्वास व्यक्त गरेका छन् । नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने प्रक्रियामा रहेको सन्दर्भमा ऊलमार्कसँगको सहकार्य झनै महत्वपूर्ण हुने पाण्डेको भनाइ छ । मेरिनो ऊनबाट बनेका कपडाहरू विश्व बजारमा गुणस्तरीय र महँगो मानिन्छन् । नेपालको निर्यातको आकार सानो भएपनि ‘निस मार्केट’का लागि यो उपयुक्त हुने र यसले राज्यको ढुकुटीमा राम्रो योगदान दिने पाण्डेले बताए । हाल नेपालबाट वार्षिक १० अर्ब रुपैयाँ भन्दा बढीको तयारी पोशाक निर्यात भइरहेको छ, जुन गलैँचापछि तेस्रो मुलुक निर्यात हुने दोस्रो ठूलो वस्तु हो । देशमा आउन लागेको नयाँ सरकार र युवा प्रधानमन्त्रीप्रति संकेत गर्दै अध्यक्ष पाण्डेले निजी क्षेत्रको समस्या बुझ्ने र व्यापार व्यवसायलाई प्राथमिकता दिने सरकारको अपेक्षा गरेका छन् ।

अहिले फ्याब्रिक आयात गरेर काम शुरु गरे पनि भविष्यमा नेपालमै बाख्रा पालन गरी प्राकृतिक रेशा उत्पादन गर्न सकिने सम्भावना रहेको बताए । भविष्यमा ऊलमार्कसँग मिलेर नेपालमै बाख्रा पालन र कच्चा पदार्थ उत्पादनमा पनि साझेदारी गर्न सकिने बताएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x