३० आश्विन २०८३, शुक्रबार

गगनको टिप्पणी- जसले मत माग्नुभएन उसलाई विशेष महाधिवेशनको महत्व थाहा हुन्न

0
Shares


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले जसले निर्वाचनमा मत नमागेको हो, उसलाई विशेष महाधिवेशनको महत्व थाहा नहुने दाबी गरेका छन् ।
राजीनामा अस्वीकृत भएपछि मंगलबार केन्द्रीय समिति बैठकमा सहभागी हुँदै सभापति थापाले आफ्नो जवाफदेहिता ठानेर राजीनामा दिएको बताएका हुन् । उनले भने ,‘जसले मत माग्नुभएन, वा भोट हाल्न जानुभएन उहाँहरुलाई थाहा हुने कुरा भएन,’ सभापत थापाले भने, ‘जो साथी लाग्नुभयो उहाँहरुको सुझाव मेरो लागि शिरोधार्य हुने नै भयो ।’

जो निर्वाचनमा खटिएर लागे उनीहरूको सुझावका आधारमा जिम्मेवारीमा फर्किएको उनले बताए ।आफूले राजीनामा स्वीकृत होस् नै भन्ने चाहेको पनि उनले बताए ।

उनले भने, ‘मैले गरेको निर्णय र निर्णयपछिको अर्को निर्णयले यो अध्याय सकियो ।’आफूले निर्वाचन लगत्तै राजीनामा दिन चाहेपनि केही प्राविधिक कारणले आफू रोकिएको सभापति थापाले बताएका छन्।