बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

साफ यू–२० च्याम्पियनसिप : नेपाल र श्रीलंका भिड्दै

काठमाडौं । माल्दिभ्समा जारी साफ यू–२० च्याम्पियनसिपमा नेपालले आज ९चैत ११० श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ । खेलमा दुवै टोली लगातार दोस्रो जितको खोजीमा छन् ।

समूह ‘ए’ मा रहेको नेपाल तालिकाको दोस्रो स्थानमा छ । एक खेल खेलेको नेपालले तीन अंक जोडेको छ । नेपालले यसअघि उद्घाटन खेलमा भुटानलाई २–१ ले पराजित गरेको थियो ।

श्रीलंका भने सोही समूहको शीर्ष स्थानमा छ । एक खेल खेल्दा श्रीलंकाले पनि जित हासिल गर्दै समान तीन अंक जोडेको छ । श्रीलंकाले यसअघि सम्पन्न पहिलो खेलमा घरेलु टोलीलाई ३–२ ले निराश बनाएको थियो ।

यी दुईबीचको खेल माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा साँझ ६ बजे हुने तालिका छ ।

आजै प्रतियोगिताअन्तर्गत हुने दोस्रो खेलमा समूह ‘ए’ कै भुटान र माल्दिभ्स जितको खाता खोल्ने लक्ष्यसहित भिड्दै छन् ।

पहिलो खेलमा हार व्यहोरेका यी दुवै तालिकाको पुछारबाट पहिलो र दोस्रो स्थानमा छन् । माल्दिभ्सले यसअघि श्रीलंकासँग ३–२ को हार व्यहोर्दा भुटानले नेपालसँग २–१ को हार व्यहोरेको थियो ।

खेल राष्ट्रिय फुटबल रंगशालामा नेपाली समयअनुसार साँझ ९स्४५ बजे हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x