शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

साफ यू–२० च्याम्पियनसिप : समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गर्ने लक्ष्यमा नेपाल

काठमाडौं । नेपालले साफ यू–२० च्याम्पियनसिपमा आज माल्दिभ्ससँग खेल्दै छ ।

खेलमा नेपाल समूह ‘ए’ बाट विजेता बन्दै शीर्ष टोलीको रूपमा सेमिफाइनल प्रवेश गर्ने लक्ष्यमा छ । यसअघि नै सेमिफाइनलमा प्रवेश गरेको नेपालले पहिलो खेलमा भुटानलाई २–१ र श्रीलंकालाई १–० ले पराजित गरेको थियो ।

माल्दिभ्स भने जितसहित प्रतियोगिता टुंग्याउने लक्ष्यमा छ । दुई खेल खेलेको घरेलु टोलीले समान एक बराबरी र हारसहित तालिकामा एक अंक जोडेको छ ।

खेल माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा नेपाली समयअनुसार साँझ ४ः३० बजे हुनेछ ।

आजै प्रतियोगिताअन्तर्गत हुने दोस्रो खेलमा भुटान र श्रीलंका प्रतिस्पर्धा गर्दै छन् ।

खेलमा श्रीलंका सेमिफाइनलमा स्थान बनाउन जित्नै पर्ने दबाबमा छ । दुई खेल खेलेको श्रीलंका एक जित र हारसहित तीन अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।

भुटान भने जितको खाता खोल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा छ । एक अंकका साथ तालिकाको पुछारमा रहेको भुटानले पहिलो खेलमा नेपालसँग २–१ हार व्यहोर्दा दोस्रो खेलमा माल्दिभ्ससँग १–१ को बराबरी गरेको थियो ।

यी दुईबीचको खेल राष्ट्रिय फुटबल रंगशालामा राति ९स्१५ बजे हुनेछ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x