आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

बालेन बने नेपालको पहिलो मधेसी मूलको प्रधानमन्त्री

काठमाडौं। नेपालको ४३औँ प्रधानमन्त्रीमा नियुक्त भएका बालेन्द्र (बालेन) शाहले शुक्रबार पद तथा गोपनिएताको शपथ ग्रहण गरेका छन् ।

नेपालको संविधानको धारा ७६ (१) अनुसार बहुमत प्राप्त संसदीय दलको नेताका रूपमा राष्ट्रपति पौडेलले शाहलाई शुक्रबार दिउँसो १२ बजेर ३४ मिनेटको साइतमा पद तथा गोपनीयताको शपथ गराएका हुन् । राम नवमीको अवसर पारेर वैदिक सनातन र बौद्धिक परम्परागत अनुसार नवनियुक्त प्रधानमन्त्री शाह को शपथ ग्रहण समारोह भव्य रूपमा सम्पन्न भएको छ । शपथ ग्रहण समारोहलाई परम्परागत र सांस्कृतिक बनाइएको थियो । शपथ ग्रहण अघि १०८ जना हिन्दू बटुकहरूले स्वस्ति वाचन गरेका थिए । यस्तै बौद्ध परम्पराअनुसार १०७ भिक्षुहरूले अष्टमंगल पाठ गरेका थिए । समारोहमा सात जना ब्राह्मणहरूले शंखनाद गरेका थिए ।

शंखको शुभ ध्वनिले समारोह स्थल गुञ्जाएमान बनेको थियो । शपथ ग्रहण समारोहलाई बहुसांस्कृतिक नेपालको प्रतिनिधित्व दिने गरी विशेष बनाइएको थियो । समारोह स्थलमा मिथिला संस्कृति झक्लिने ‘मिथिला आर्ट’ र किराती संस्कृति झल्किने ‘सिलाम साक्मा’ ले नेपालको सांस्कृतिक विविधतालाई सम्मान गर्दै एकतामा विविधताको सन्देश दिन खोजिएको थियो ।उनि नेपालको पहिलो कान्छो जननिर्वाचित प्रधानमन्त्रीको इतीहास रच्नुका साथै उनले वर्षौंदेखि ब्राह्मण तथा क्षेत्रीबाट शासन सत्ताको नेतृत्व गरिरहेको बेला मधेसी मूलबाट पहिलो प्रधानमन्त्री बन्ने इतिहास समेत रचेका छन् । उनले शुक्रबार नै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर पदभार ग्रहण समेत गरेका छन् । २०४७ साल वैशाख १४ गते काठमाडौँको नरदेवीमा जन्मिएका उनी गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा झापा–५ बाट निर्वाचित भए ।

उनले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतको फराकिलो अन्तरले पराजित गरेका थिए ।बालेन ६८ हजार ३४८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी ओलीले १८ हजार ७३४ मतमात्र प्राप्त गरेका थिए । बालेन २०७९ सालको पालिका चुनावमा स्वतन्त्रबाट उम्मेदवारी दीएका शाह यसअघि काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिन उनले गएको माघ ४ गते महानगरको मेयर पदबाट राजीनामा दिएका थिए ।शाहले काठमाण्डौको मेयर हुँदा शहरी विकास, पर्यटन, शिक्षा र अर्थतन्त्रलगायत प्रवद्र्धनका लागि योगदान गरेका छन्। रास्वपाले उनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनाव प्रचार गरेको थियो । पिता आर्युबेदिक डा. रामनारायण शाह र आमा ध्रुवदेवी शाहका कान्छा छोरा बालेनको निवास काठमाडौँको सिनामङ्गलस्थित गैरीगाउँमा पर्छ ।

उनीको पुर्खाली थालो भने मधेश प्रदेशमा रहेको महोत्तरी जिल्ला हो।शाहको प्रारम्भिक अध्धयन काठमाडौं नरदेवीमा रहेको जल्जला स्कूलबाट भएको हो भने स्कूलपछिको उच्च माध्यमिक तहको अध्ययन काठमाडौं तीनकुनेमा अवस्थित भिएस निकेतनबाट गरेका हुन । उनको स्नातक तहको अध्ययन काठमाडौंमै रहेको हाइट हाउस कलेजबाट भएको थियो। त्यहाँ उनले सिभिल इन्जिनियरिङको अध्ययन गरेका थिए । यस्तै उनले भारतको कर्नाटकस्थित विश्वेश्वरय्या प्रौद्योगिकी विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् ।२०७२ सालको महाभूकम्पपछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको रूपमा नक्सा बनाउने कार्य गरेका थिए ।

बालेनले ८ वर्षअघि सविना काफ्लेसँग विवाह गरेका थिए । ¥याप र इन्जिनियरिङसँगै उनले नेपालको राजनीतिमा पनि रुचि राखेका थिए । बालेनले २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरे । एमालेका केशव स्थापित र कांग्रेसका सिर्जना सिंह जस्ता प्रभावशाली उम्मेदवारलाई पराजित गरेपछि बालेनको चर्चा चुलिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x