कान्ति लोकपथ अवरुद्ध, बीपी राजमार्ग अझै खुलेन
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ भ¥याङडाँडामा पहिरो खसेर कान्ति लोकपथ अवरुद्ध भएको छ ।
आज दिउँसो पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध भएको हो । पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल सञ्चालनमा आउन सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । पहिरोले हेटौंडाबाट काठमाण्डौतर्फ गुडिरहेका गाडी ठिंगनमा र काठमाण्डौबाट हेटौंडातर्फ गुडिरहेका गाडी बागमती पुलनजिक रोकिएका छन् ।
यसैबीच अवरुद्ध बीपी राजमार्ग खुलाउने प्रयास भइरहेको छ । राजमार्गको भकुण्डे–नेपालथोक सडकखण्डअन्तर्गत रोशी गाउँपालिकाका विभिन्न ठाउँमा लेदोसहितको बाढी÷पहिरोका कारण गाडी चल्न सकेका छैनन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका अनुसार बिरुवाडाँडा, कालढुङ्गा, चौकीडाँडा र मङ्गलटारमा कतै लेदोसहितको पहिरो तथा बाढीले राजमार्गको विभिन्न ठाउँमा यातायात अवरुद्ध भएको हो ।
पहिरो पन्छाउने काम भइरहेपनि हुस्सु लागेको र सिमसिम पानी परेकाले समस्या रहेको प्रहरीले बतानएको छ ।।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE