वर्षाका कारण प्रधानमन्त्री कप क्रिकेटमा आजका दुवै खेल नतिजाविहिन
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आजका खेलहरु वर्षाको कारण नतिजाविहिन भएका छन् । मैदान ओसिलो हुँदा खेल शुरू हुन ढिलाइ भएको थियो भने ओभर पनि छोटाइएको थियो । तर खेल भइरहँदा पानी परेपछि खेलहरु अवरुद्ध भएका हुन् ।
तल्लो मुलपानीमा एपीएफ र आर्मीको खेल २० ओभरमा घटाइएको थियो । टस हारेर ब्याटिङ गरेको आर्मीले ९ ओभर ५ बलमा ३ विकेट गुमाएर ८५ रन बनाउँदा पानी परेपछि खेल रोकियो । त्यस्तै माथिल्लो मुलपानी मैदानमा गण्डकी र नेपाल पुलिस क्लब खेल पनि २६ ओभरमा घटइएको थियो ।
टस हारेर ब्याटिङ गरेको गण्डकीले १८ ओभरमा २ विकेट गुमाएर १ सय ३ रन बनाउँदा पानी परेपछि खेल राकिएको हो । दुवै खेलका चार टोलीले समान १ अङ्क बाँडेका छन् ।
पुलिस ४ खेलमा ५ अङ्कसहित शीर्ष स्थानमा छ । ३ खेलमा आर्मी ५ अङ्कसहित नेटरनरेटका आधारमा दोश्रो स्थानमा छ । यस्तै ३ खेलमा एपीएफ ३ अङ्कसहित सातौं र समान खेलमा १ अङ्कसहित गण्डकी तालिकाको पुछारमा छ ।
प्रतियोगितामा तीन विभागीय टोली र ७ प्रदेश गरी १० वटा टोली सहभागी छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE