राइड शेयरिङमा प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग गर्दै प्रो राइडर समूह आन्दोलित
काठमाडौँ।नेपालमा राइड शेयरिङ कम्पनीहरूले मनोमानी भाडा निर्धारण गरी राइडरहरूको श्रम शोषण गरेको भन्दै प्रो राइडर समूहले आन्दोलन शुरू गरेको छ ।
समूहले आज काठमाण्डौको बल्खुमा कालोपट्टी बाँधेर देशव्यापी प्रतीकात्मक विरोध जनाएको छ । सम्बन्धित निकाय र कम्पनीहरूले समेत बेवास्ता गरेको भन्दै उनीहरूले सामूहिक धर्ना, ठूला र्याली, रिले आन्दोलन र अन्तिम विकल्पका रूपमा सेवा पूर्ण बन्दको चेतावनी दिएका छन् ।समूहले ५ बुँदे माग अघि सारेको छ ।
जसमा सबै एपमा प्रतिकिलोमिटर २७ रुपैयाँ समान भाडादर लागू गर्ने, बोनस वा योजनाका नाममा भाडादर घटाउने प्रथा बन्द गर्ने, दर्ता नभएका कम्पनीलाई नियमनमा ल्याउने, विदेशी एपलाई स्पष्ट नियमभित्र ल्याउने र पालना नगरेमा नेपाली एप सञ्चालन गर्ने तथा विदेशी एपमार्फत रकम बाहिरिन रोक्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने रहेका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE