आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

ओ‌ली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं। काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ।शनिबार भक्तपुरको कटुन्जे र गुन्डबाट पक्राउ गरिएका उनीहरूलाई आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो ।

उनीहरू दुवैजनालाई गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूमाथि जिम्मेवार ठहर गर्दै सरकारले पक्राउ गरेको हो । दुवैलाई ज्यानसम्बन्धी कसूर लगाएर हिरासतसम्म लगिएको हो ।लेखकलाई भौतिक रुपमै अदालतमा लगिँदा ओलीलाई नै भर्चुअल माध्यमबाट हाजिर गराइएको थियो ।शनिबार बिहान पक्राउ परेका ओली अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छन् ।

उनी अहिले विभिन्न रोगको सामना गरिरहेका छन् । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका उनमा एकसाथ कम्तीमा ६ वटा स्वास्थ्य समस्या देखिएका हुन् ।पूर्वप्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे आइतबार जानकारी गराउँदै अस्पताले एकसाथ धेरैवटा समस्या देखिएको जनाएको छ।अस्पतालका अनुसार ओलीलाई शनिबार मुटुको धड्कन असामान्य (पालापिट्यास्टियोन्स) हुने समस्या देखिएपछि भर्ना गरिएको हो। उनी दुई मिर्गौला प्रत्यारोपण गराइसकेका बिरामी हुन्।

उनलाई हाइड्रोनेफ्रोसिस, मधुमेह, उच्च रक्तचाप, थाइराइडसम्बन्धी समस्या, एट्रियल फिब्रिलेसन (एपीसी) सहितको समस्या पनि स्वास्थ्य परीक्षणबाट देखिएको छ। हाल उपचाररत उनमा पित्तथैलीमा ढुंगा जस्ता समस्या पनि रहेका अस्पतालले जनाएको छ ।हाल उनको अस्पतालको एनेक्स–१ को बेड नम्बर ५०१ मा चिकित्सकहरूको निगरानीमा रहेर उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x