७१औं वर्षमा पत्रकार महासंघ, सरकारले सञ्चारसम्बन्धी कानुन ल्याउने अध्यक्ष शर्माको विश्वास
काठमाडौं । नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघले आज ७१ औं स्थापना दिवस मनाउँदै छ । स्थापना दिवसको अवसरमा महासंघले काठमाडौं उपत्यकासहित देशभर विभिन्न कार्यक्रम गर्दैछ ।स्थापना दिवसको अवसरमा महासंघ अध्यक्ष निर्मला शर्माले सन्देश जारी गर्दै जिम्मेवार पत्रकारिताको दायित्व स्मरण गराएकी छन् ।
जनताको सही सूचना पाउने अधिकारको सुनिश्चितता र समाजले अपेक्षा गरेको भूमिका निर्वाह गर्न उनले सबैमा अपिल गरेकी छन् ।सात दशक लामो इतिहास बोकेको मुलुककै पुरानो अगुवा नागरिक संस्थाको रुपमा समाजमा स्थापित महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हितमा आफूलाई समर्पित गर्दै आएको अध्यक्ष शर्माको शुभकामना सन्देशमा उल्लेख छ ।
भर्खरै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि करिव दुई तिहाइको सरकार बनेकाले लामो समयदेखिको राजनीतिक अस्थिरताको अन्त्य हुने विश्वास महासंघले लिएको छ ।भर्खरै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि करिव दुई तिहाइको सरकार बनेकाले लामो समयदेखिको राजनीतिक अस्थिरताको अन्त्य हुने विश्वास महासंघले लिएको छ ।साथै अध्यक्ष शर्माले लामो समयदेखि रोकिएका सञ्चारसम्बन्धी कानुन र आवश्यक कानुन महासंघसहित सरोकारवाला पक्षसँग छलफल गरी ल्याउन सरकारसँग आग्रह गरेकी छन् ।
जेन्जी आन्दोलनको बेला मारमा परेका सञ्चारगृह र दुर्घटनामा परेका पत्रकारहरूको महासंघले संकलन गरेको विवरणअनुसार क्षतिपूर्ति दिलाइ मनोबल बढाउन जरुरी रहेको पनि उनले उल्लेख गरेकी छन् ।सूचना प्रविधिको विकाससँगै बढिरहेको सामाजिक सञ्जालको प्रयोगले मिथ्या सूचनाको प्रवाह पनि बढ्दो चुनौती देखापरेको भन्दै उनले यस्तो अवस्थामा जिम्मेवार पत्रकारिता गर्दै महासंघको मर्यादा उँचो बनाउने र इतिहासको गौरवलाई नयाँ उचाइमा पुर्याउने जिम्मेवारी रहेको बताएकी छन् ।पत्रकारको भौतिक तथा पेशागत सुरक्षाको लागि आमसञ्चार क्षेत्रमा कार्यरत राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ संस्था तथा निकायसँगको सम्बन्ध थप बलियो बनाउन महासंघ लागीपरेको उनले उल्लेख गरेकी छन् ।महासंघले सबै सञ्चारमाध्यम र श्रमजीवी पत्रकारहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन पहलकदमी अगाडि बढाइरहेको जानकारी पनि उनले दिएकी छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE