निर्माण व्यवसायी महासंघको १३ अधिवेशनः निकोलश पाण्डेको प्यानल घोषणा
काठमाडौं । निर्माण व्यवसायीहरुको छाता संस्था नेपाल निर्माण व्यवसायी महासंघ ९एफ्क्यान०को २६औँ साधारणसभा तथा १३ औँ अधिवेशनका लागि निकोलश पाण्डेको प्यानल घोषणा भएको छ ।
मंगलवारदेखि चल्ने साधारण सभा र अधिवेशनमा प्रतिष्पर्धा गर्न लागि सोमवार एक कार्यक्रमका बीच पाण्डेको प्यानल घोषणा गरिएको हो । पाण्डेको समूहबाट वरिष्ठ उपाध्यक्षमा मुकेश पन्त, महासचिवमा धिरेन्द्र दाहाल र कोषाध्यक्षमा उज्वल गौतम चुनाव लड्नेछन् । प्यानल घोषणा कार्यक्रममा बोल्दै पाण्डेले निर्माण व्यवसायको क्षेत्रमा देखिएका समस्या हल गर्ने योजनासहित आफूहरु प्रतिष्पधर्धामा उत्रिएको बताए । उनले निर्माण व्यवसायको क्षेत्रमा देखिएका चुनौतीहरु सरोकारवालाहरुसँगको समन्वयमा समाधान गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले सार्वजनिक खरिद ऐनका निर्माण व्यवसायका प्रतिकुल रहेका दफाहरु खारेज गर्ने समेत घोषणा गरे।
उनले भने, ‘नेपाल निर्माण व्यवसायी महासंघमा के समस्या छ भनेर हामी सबैलाई थाहा छ । समस्याको गाँठो यहाँ खोल्नुपर्ने जरुरी छैन । र त्यो समस्याको समाधान गर्नको लागि के गर्नुपर्छ भन्ने कुरा पनि हामी सबैलाई थाहा छ । महासंघ र निर्माण व्यवसायमा देखिएका समस्याहरुको समाधानका लागि आँट र यहाँहरुको भरोसाको साथ सफल हुन्छौँ भन्ने दृढ संकल्पका साथ प्रतिवद्धता गर्न हामी उपस्थित छौँ ।’
महासंघको अध्यक्ष पदका लागि पाण्डेसँग वरिष्ठ उपाध्यक्ष आङदोर्जे लामा प्रतिष्पर्धा गर्नेछन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE