शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

मुस्ताङमा आजदेखि एचपीभी खोप कार्यक्रम सुरु

काठमाडौं । पाँचवटै स्थानीय तहमा एक सय ९४ जना किशोरीलाई लक्षित गरी पाठेघरको मुखको क्यान्सर रोगविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप अभियान सुरु गरिएको छ ।

पाँच स्थानीय तहका १६ सामुदायिक र दुईवटा संस्थागत विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रालाई पोठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाउन सुरु गरिएको हो ।

साथै विद्यालय बाहिर रहेका १० वर्षमुनिका किशोरी तथा गत वर्ष एचपीभी खोप लगाउन छुटेका किशोरीलाई पनि खोप लगाइने प्रदेश स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत विद्या तामाङले जानकारी दिइन् ।

उनका अनुसार सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ६ मा अध्ययनरत १६३ तथा १० वर्षमुनिका विद्यालय बाहिर रहेका तीन र गत वर्ष छुटेका २८ किशोरीलाई क्यान्सर रोगविरुद्धको खोप लगाउने कार्यतालिका छ ।

खोप अभियानअन्तर्गत घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा आजदेखि खोप अभियान सञ्चालन भएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा यही चैत २२ र २३ गते, थासाङ गाउँपालिकामा चैत १९ गते र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा चैत २८ गते एचपीभी खोप कार्यक्रम सञ्चालन गर्ने कार्यतालिका रहेको स्वास्थ्य संयोजक कर्णबहादुर थकालीले जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x