नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरू
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीवारबाट शुरू भएको छ ।
यही चैत २३ गतेसम्म चल्ने महोत्सवको नवौँ संस्करणको बिहीवार काठमाडौंमा उद्घाटन गरिएको हो । महोत्सको उद्घाटन सत्रमा बलिउड फिम ‘सोले’ का निर्देशक रमेश सिप्पीसहित स्वदेशी तथा विदेशी चलचित्रकर्मीहरुको बाक्लो उपस्थिति छ ।
महोत्सव अवधिभर स्वदेशी तथा विदेशी चलचित्रहरु प्रदर्शन गरिने बताइएको छ । महोत्सवले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा सशक्त फिल्म उत्सव हुने आयोजकको विश्वास छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE