सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

सामुहिक बलात्कारपछि हत्या गरिएकाहरुको न्यायको लागि माईतीघरमा प्रदर्शन

काठमाडौं । सामुहिक बलात्कारपछि हत्या गरिएकाहरुको न्यायको माग गर्दै माईतीघरमा प्रदर्शन गरिएको छ ।

सडक संघर्ष समितिले विहीवार माईतिघरमा प्रदर्शन गरेको हो । सामुहिक बलात्कारपछि हत्या गरिएकी ईनिशा वि।क। रेश्मिका परियार, देवीसरा खत्री, निर्मला पन्त लगायतको न्यायको लागि प्रर्दशन गरिएको सडक संघर्ष समितिले जनाएको छ । प्रदर्शनमा सहभागीहरुले बलात्कारीलाई फाँसी दे, महिला अधिकारको रक्षा गर, छोरी सुरक्षित भएर मात्रै समाज सुरक्षित हुन्छ, बलात्कारपछिको कुर हत्यारालाई हदैसम्मको सजाय एउटै ‘मृत्युदण्ड’, चुप लाग्नु अपराधलाई साथ दिनु हो, चेतावनीसहित चेतना ‘डर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । प्रदर्शनकारीले मृतकको फोटो र न्यायको माग गरिएको प्लेकार्ड तराजुमा राखेर पनि प्रदर्शन गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x