सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

व्यवसायी प्रवर्द्धनका लागि नीतिगत सुधारमा लागिरहेका छौं: मन्त्री पौडेल

काठमाडौं । वागमती प्रदेशका कृषि तथा पशुपंछी विकास मन्त्री मधुसुदन पौडेलले व्यवसायी प्रवद्र्धनका लागि नीतिगत सुधारमा जोड दिन सरकार तयार रहेको बताएका छन् ।

नर्सरी व्यवसायी महासंघले राजधानीमा आयोजना गरेको एक्स्पोलाई सम्बोधन गर्दै नर्सरी व्यवसाय प्रवद्र्धनका लागि सरकारले व्यवसायमा देखिएका समस्याहरु सम्बोधन गर्न तयार रहेको बताएका छन् । मन्त्री पौडेलकाअनुसार व्यवसायीहरुले भोगिरहेको समस्या भनेको आन्तरिक प्रतिष्पर्धा भन्दा पनि विदेशबाट आउने सामानहरुसँग गर्नुपर्ने अवस्था छ । वागमती सरकारले नीतिगत रुपमै प्लास्टिकका फूलहरुलाई निशेषध गरेको बताए। अहिले पनि उक्त नीति प्रभावकारी रुपमा कार्यान्वयन गर्न वागमती सरकार लागेको बताउँदै नीति प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहबाट अनुगमन हुनुपर्ने समेत उनले बताए ।

बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री पौडेलले भने–‘हाम्रो प्रमुख ध्यान भनेको एउटा व्यवसायीक प्रवद्र्धनका लागि सरकारले गर्नुपर्ने नीतिगत सुधारको लागि वागमती सरकार तयार छ । अर्को व्यवसायीहरुले भोगिरहेको समस्या भनेको आन्तरीक प्रतिष्पर्धा भन्दा पनि विदेशबाट आउने समानहरुसँग गर्नुपर्ने अवस्था छ । सरकारले नीतिगत रुपमा नीति बनाएको छ । प्लास्टिकका फूलहरुको सन्दर्भमा वागमती सरकारले एउटा स्टेटमेन्ट पनि जारी गरेको थियो । जसमा प्लास्टिकका फलहरु प्रयोग नगर्न भनेका छौँ । कम्तीमा पनि बागमती सरकारका आफ्ना तहका सबै निकायहरुमा अबदेखि पलास्टिकका फूलहरु निषेध गर्ने निर्णय गरेका छौं । बजार अनुगमनको जिम्मा स्थानीय तहमा छ । त्यसले गर्दा व्यवसायीलाई प्रवद्र्धन गर्नका लागि स्थानीय तहदेखि केन्द्र सरकारसम्मले नेपाली किसानले गरेका आन्तरीक उत्पादन बढवा दिने खालका नीतिहरु हुनुपर्छ ।’

पौडेलले नेपाली किसान र व्यवसायीहरूलाई विदेशी आयातित वस्तुको प्रतिष्पर्धाबाट बचाउन नीतिगत सहयोग, स्वदेशी उत्पादनलाई प्रोत्साहन र प्लास्टिकका फूल जस्ता वातावरणीय तथा आर्थिक रुपमा हानिकारक वस्तुको प्रयोगलाई न्युनिकरण गर्ने वागमती प्रदेश सरकारको नीति रहेको बताए। उनले पर्वदेखि अन्य बेला पनि गोदावरी, सयपत्री, मखमलीको प्रयोगलाई प्रोत्साहन गर्दै स्वदेशी फूल उत्पादनलाई बढावा दिर्नुपर्नेमा जोड दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x