ओली र लेखकलाई तत्काल रिहाइ गर्न संसद्बाट एमालेको माग
काठमाडौं।प्रतिनिधिसभा पहिलो बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ ।
एमाले सांसद गुरु बरालले पहिलो बैठकमा विरोध जनाउँदै उठेका थिए । लगत्तै सभामुख अर्जुननरसिंह केसीले उनलाई बोल्न समय दिए ।सो क्रममा सांसद बरालले संविधान विपरीत पूर्व प्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरिएको भन्दै रिहा गर्न समेत माग गरे । उनीहरुलाई मुलुकी कार्यविधिको दफा १८१ र १८२ गलत ढंगबाट प्रयोग गरेर बन्दी बनाइएको उनको आरोप छ ।
यो विषयलाई लिएर देशव्यापी विरोध प्रदर्शन भइरहदा सरकारले निर्मम दमन गरिरहेको भन्दै उनले आपत्ति जनाए ।एमालेले प्रतिनिधि सभाको पहिलो बैठकमै पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाइ पक्राउ गरिएकोमा आपत्ति जनाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विरोधप्रति जवाफ फर्काएका छन् । उनले न्याय पाउने पहिलो हक शहीदकी आमाको भएको बताएका हुन् ।भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई स्मरण गर्दै लामिछानेले न्याय पाउने पहिलो हक शहीदकी आमाको भएकाले यसलाई प्रतिशोधन भन्न नपाइने बताए ।’उनले विधिको पालना गर्न विपक्षी दलहरूलाई पनि आग्रह गरे ।
यसैबीच पूर्वप्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा बयान सुरु गरिएको छ ।ओलीको स्वास्थ्य समस्याका कारण सरकारी वकिल र प्रहरीको संयुक्त टोलीले अस्पतालमै बयान लिन सुरु गरेको हो । पक्राउपछि पहिलोपटकका लागि दिएको पाँच दिनको म्याद बिहीबार सकिएसँगै म्याद थप भएको छ । ओली र पूर्वगृहमन्त्री रमेश लेखक दुवैको भिडियो कन्फ्रेन्समार्फत म्याद थप गरिएको हो ।जेनजी जाँचबुझ आयोगको प्रतिवेदन अनुरुप गत शनिबार ओलीसहित पूर्वगृहमन्त्री लेखक पनि पक्राउ परेका थिए । हाल दुवै प्रहरी हिरासतमा छन् । लेखकको भने शुक्रबार नै बयान सकिएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE