आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026

डीपी अर्याल सभामुख बन्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोलप्रसाद डीपी अर्याललाई सभामुख बनाउने भएको छ ।पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा सर्वसम्मत रुपमा अर्याललाई सभामुखमा अगाडि बढाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

आगामी चैत २२ गते संसद बैठक डाकिएको छ । सोही बैठकले नयाँ सभामुख चयन गर्ने अपेक्षा गरिएको छ ।स्थापनाकालदेखि नै उपसभापति बनेका अर्याललाई पार्टीले संसद चलाउने ऐतिहासिक जिम्मेवारी दिने भएको हो ।

बिहीबार बसेको संसदीय दलको बैठकले अर्याललाई सभामुख बनाउने निर्णय गरेको हो । बालेन्द्र शाह नेतृत्वको सरकारमा गृहमन्त्रीको दाबेदार मानिएका अर्याललाई सभामुखमा पठाउन बालेन्द्रले रविलाई सल्लाह दिएको नेताहरु बताउँछन् ।पार्टी सभापति र प्रधानमन्त्रीको सल्लाहमै अर्याल सभामुख बन्न लागेका हुन् । उनी पार्टी सभापति रवि लामिछाने कारागार चलान हुँदा पार्टीको नेतृत्वमा रहेर काम गरेका व्यक्ति हुन् ।

पार्टीमा समन्वयकारी भूमिकामा देखिएका उनलाई सभामुखमा पठाउने निर्णय भएसँगै उनी सभामुख हुने पक्कापक्की भएको छ ।हाल कायम संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग १८२ अर्थात् दुई तिहाई बहुमतभन्दा दुई सिट कम छ । सभामुख सत्तापक्षको भए पनि संविधानअनुसार उपसभामुख प्रतिपक्ष र फरक लिङ्गको हुनुपर्नेछ । त्यसकारण उपसभामुख कुन दलले पाउँछ भन्ने अहिलेसम्म टुङ्गो लागेको छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x