बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

केपी ओलीसँग शिक्षण अस्पतालमै लिन थालियो बयान

काठमाडौं । प्रहरीको नियन्त्रणमा रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिन थालिएको छ ।भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन दमन गरेको कसुरमा पक्राउ परेका ओलीसँग अनुसन्धान अधिकृत र सरकारी वकिलले अस्पतालमा उनीसँग बयान लिन शुरु गरेका हुन् ।पक्राउ परेपछि स्वास्थ्य समस्या देखिएका ओलीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

ओलीसँगै पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकको बयान पूरा भएको छ । लेखकको बयान पूरा भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता रामहरी काफ्लेले रातोपाटीलाई बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x