सभामुखको निर्वाचन तालिका सार्वजनिक
काठमाडौँ । चैत २२ गते हुने प्रतिनिधि सभाका सभामुख पदको निर्वाचन तालिका सार्वजनिक गरिएको छ । बिहीबार संघीय संसद सचिवालयले निर्वाचन तालिका प्रकाशित गरेको हो ।
तालिका अनुसार चैत २० गते सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा उम्मेदवारी दर्ता गर्ने, दर्ता भएका उम्मेदवारको सूची प्रकाशित गर्ने कार्यतालिका रहेको छ । २० गते ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ भने २ स् ३० बजे सूचनाको दर्ता क्रमअनुसार सूची प्रकाशित गर्ने जनाइएको छ ।त्यस्तै, चैत २२ गते बिहान ११ बजे प्रतिनिधिसभा बैठकमा सभामुख पदको निर्वाचन हुने जनाइएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE