बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

केएमसी पुगेर गृहमन्त्री गुरुङले लिए जेन–जी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेन–जी आन्दोलनका घाइतेहरूसँग काठमाडौं मेडिकल कलेजमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

बिहीवार राति उनले घाइतेहरूको स्वास्थ्यअवस्थाबारे जानकारी लिएका हुन् । घाईतेको पूर्वसांसद डा. सुनिल शर्माले निःशुल्क उपचार सेवा दिँदै आएका छन् । सो क्रममा अधिकांश घाइतेहरूको निःशुल्क उपचार गरेको भन्दै केएमसीका सञ्चालक डा. सुनिल शर्मालाई गृहमन्त्री गुरुङले धन्यवाद दिए ।

गृह मन्त्रालय सम्हालेकै दिनदेखि निरन्तर काममा देखिएका मन्त्री गुरुङले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण सक्नेबित्तिकै सिधै केएमसी अस्पताल गएका थिए ।

डा. सुनिल शर्मालाई भेटेर उनले घाइतेहरूको अवस्था समेत बुझेका थिए । अधिकांश घाइतेहरू डिस्चार्ज भइसकेका छन् भने केही घाइतेहरू अझै होसमा नआएकाले अस्पतालमै राखेर निःशुल्क उपचार भइरहेको डा. शर्माले बताएका छन् । गृहमन्त्री गुरुङले जेन–जीका घाइतेहरूको घाउमा मलम लगाएकोमा धन्यवाद दिएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x