सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा महान्यायाधिवक्ता पाम बोन्डी बर्खास्त

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई अमेरिकाको शीर्ष कानून प्रवर्तन अधिकारीको पदबाट हटाएका छन् ।

ट्रम्पले ट्रुथ सोसलको पोस्टमा बोन्डीको प्रशंसा गर्दै उनले निजी क्षेत्रमा नयाँ भूमिका सम्हाल्ने बताएका छन् । न्याय विभागको नेतृत्व गर्दा बोन्डीको कार्यकाल मुख्यतः जेफ्री एपस्टिनसम्बन्धी फाइनल सार्वजनिक गर्ने विषयमा विवादित रहेको थियो ।

गएको मार्चमा क्रिस्टी नोएमलाई गृह सुरक्षा प्रमुखको पदबाट हटाइएपछि पछिल्लो समय पदबाट हटाइने बोन्डी ट्रम्प प्रशासनकी दोस्रो अधिकारी हुन् ।

बोन्डीको ठाउँमा सहायक महान्यायाधिवक्ता टोड ब्लान्चेलाई नियुक्त गर्ने तयारी रहेको खबरमा उल्लेख छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x