बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

जानकी नवमीको अवसरमा राष्ट्रिय बिदा दिन सरकारसँग माग

काठमाडौं । रामानन्दीय वैष्णव संघले जानकी नवमीको अवसरमा राष्ट्रिय बिदा दिन सरकारसँग माग गरेको छ ।

संघका अध्यक्ष रामरोशन दासले जानकी नवमी धार्मिक आस्था मात्र नभई नेपालको पहिचान, संस्कृति र पर्यटनसँग प्रत्यक्ष जोडिएको विषय रहेकाले महत्व बुझेर राष्ट्रिय विदा दिन माग गरेका हुन् । अध्यक्ष दासले माता जानकीको जन्मभूमि जनकपुरधाम विश्वभरका हिन्दु श्रद्धालुहरूको आस्थाको केन्द्र रहेको उल्लेख गर्दै यस्तो ऐतिहासिक तथा धार्मिक धरोहरलाई राष्ट्रिय स्तरमा उचित सम्मान दिनुपर्ने बताए । अध्यक्ष दासले सरकारले दशैँ, तिहार, बुद्ध जयन्ती जस्ता पर्वहरूमा विदा दिँदै आएको सन्दर्भ उल्लेख गर्दै जानकी नवमी जस्तो ऐतिहासिक पर्वलाई उपेक्षा गर्नु न्यायोचित नहुने धारणा राखे ।

संघले यस विषयमा प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयहरूलाई ध्यानाकर्षण गराउँदै छिटो निर्णय लिन आग्रह गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x