आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026

तराई मधेसको सिंचाई र ऊर्जा संकट समाधान गर्न मन्त्री श्रेष्ठलाई समिम मियाँ अन्सारीको ध्यानाकर्षण

काठमाडौं । राष्ट्र निर्माण दलका अध्यक्ष एवं मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ अन्सारीले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठलाई भेटी तराई मधेसमा व्याप्त पानीको अभाव र विद्युत समस्या समाधानका लागि ठोस पहल गर्न आग्रह गरेका छन् ।

मन्त्रालयमा भएको भेटमा अन्सारीले नेपालभर नै पानीको अवस्था नाजुक रहेको र विशेषगरी तराई मधेसमा गत वर्ष पानीको अभावले संकटकाल घोषणा गर्नुपर्ने अवस्था आएको स्मरण गराएका छन् । अन्सारीले तराई मधेसको नाजुक अवस्थालाई सुधार गर्न मन्त्रालयमार्फत ठोस नीति र निर्देशन जारी गर्नुपर्नेमा जोड दिए।

जवाफमा मन्त्री विराजभक्त श्रेष्ठले मधेसको मरुभूमिकरण र जलवायु परिवर्तनको असरलाई आफूले गम्भीरताका साथ लिएको बताए । उनले जलवायु परिवर्तनका कारण भइरहेको पलायन रोक्न र पुराना योजनाहरूलाई द्रुत गतिमा अघि बढाउन समितिहरू परिचालन गरिएको जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x