न्यायको पहिलो हक शहीद परिवारलाईः रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संक्रमणकालीन न्याय र आम न्यायको सन्दर्भमा शहीद परिवारको पीडालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
उनले न्यायको हतारो सबैभन्दा बढी आफ्ना सन्तान गुमाएका आमाहरूलाई रहेको उल्लेख गरे। पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिशोध साँधेर पक्राउ गरियो भन्ने आरोप छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले न्यायको हतारो आफ्ना सन्तान गुमाएका बालबालिकाहरुलाई हुने बताए। उनले न्याय पाउने पहिलो हक शहीद र घाइते परिवारको भएको दाबी गरे। उनले राजनीतिक रूपमा शहीदका परिवार र आमाहरूको न्यायको हकलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी र नेताहरू सधैँ ‘पब्लिक अडिट’ मा रहेको बताए । उनले पार्टीका हरेक गतिविधि, अभिव्यक्ति र राजनीतिक निर्णयहरूलाई नागरिकले नजिकबाट नियालिरहेको उल्लेख गरे । उनले रास्वपाले गर्ने हरेक निर्णय पारदर्शी हुनुपर्ने र नागरिकको अपेक्षाअनुसार नै पार्टी अगाडि बढ्ने प्रतिवद्धता जनाए।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE