“लौ पैसा नकमाउत, दुनियाँ चिनिन्छ” गीत बजारमा
काठमाडौं । धनसम्पत्ति नहुँदा भोग्नु परेका विभिन्न पीडा तथा वर्गीय विभेदबारे चित्रण गरिएको गीत बजारमा आएको छ ।
धनसम्पत्ति हुने र नहुने व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोण नै फरक हुन्छ भन्ने यर्था चित्रण गर्ने प्रयास यो गीतले गरेको छ । मुलुकले नयाँ र युवा नेतृत्व पाएसंगै जात,धर्म, लिङ्ग, भाषा लगायतका धेरै मुद्दाहरू सकारात्मक तवरले उठ्न थाले पनि वर्गीय विभेदको मुद्दा भने अझै ओझेलमा पर्ने हो कि भन्ने शंका उब्जिएको पाइएको छ । यसैविच धनसम्पत्ति नहुँदा भोग्नु पर्ने पारिवारिक, सामाजिक र मानसिक पीडा तथा वर्गीय विभेदबारे चित्रण गरिएको गीत बजारमा आएको छ । “लौ पैसा नकमाउत, दुनियाँ चिनिन्छ” भन्ने बोलको गीतका गायक शिवम् भण्डारी र सन्जिब अधिकारी छन् भने संगीत स्वयम् शिवम् भण्डारीकै रहेको छ । यस गीतको रचना पनि सन्जिब अधिकारी र शिवम् भण्डारीले संयुक्त रूपमा गरेका छन् । गीतको एरेन्ज किरण कँडेलले गरेका छन् भने रेकर्डिङ, मिक्सिङ र मास्टरिङ शम्भु राज टण्डुकारले गरेका छन् । कोरसमा निशाल अधिकारी, सुरज बैजु र सरोज मगर रहेका छन् । गीतको अडियो मात्र नभई भिडियो पक्ष पनि सशक्त देखिन्छ । दिवस नाथ र प्रबित्रा शांकी (मिस पबि)को अभिनय रहेको भिडियोमा कथा र निर्देशन पनि दिवस नाथले नै गरेका छन् । गीतको छायांकन तथा ख्ँह् कबिर ओडले गरेका छन् भने सम्पादन तथा कलर कमल सुनारले गरेका हुन् ।
समाजमा व्याप्त वर्गीय विभेद हटाउन, समाजका हरेक नागरिकलाई धन पैसामा मात्र केन्द्रित नभई सामाजिक सद्भावना कायम राखी समाज रुपान्तरण गर्ने उदेश्यले यो गितको सिर्जना गरिएको बताइएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE