३० आश्विन २०८३, शुक्रबार

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनको पेसी न्यायाधीशद्वय शर्मा र पोखरेलको इजलासमा

0
Shares


काठमाडौं।पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनको पेसी न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा तोकिएको छ ।

यसअघि चैत १६ गते भएको सुनुवाइमा सरकारका नाममा कारण देखाउ आदेश जारी भएको भएको थियो ।गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन घटनामा अनुसन्धानका लागि चैत १४ गते पक्राउ परेका ओली र लेखकका तर्फबाट चैत १५ गते बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भएको थियो ।