आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

सभामुख अर्यालको शपथ ग्रहण आजै

काठमाडौं। सभामुख डोल प्रसाद ९डीपी० अर्यालको शपथ ग्रहण आजै हुने भएको छ । उनले आज दिउँसो साढे २ बजे शपथ ग्रहण गर्नेछन् ।

शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ । त्यसपछि उनी आजै कार्यकक्ष पुगेर पदभार ग्रहण गर्नेछन् ।गत शुक्रबार सभामुख पदमा मनोनयन दर्ता गर्ने क्रममा अर्यालको मात्रै उम्मेदवारी परेको थियो ।

त्यसअनुसार प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन् ।
अबदेखि अर्यालले नै प्रतिनिधि सभा बैठक सञ्चालन गर्नेछन् ।प्रतिनिधि सभाको अर्को बैठक चैत २३ गते १ बजे बोलाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x