नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई सभामुख पदको पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा अर्याल निर्विरोध सभामुख निर्वाचित भएको घोषणा गरिएको थियो । प्रतिनिधिसभा बैठकमा रास्वपाका सभापति रवि लामिछानेले अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रश्ताव पारित भएको हो । सो प्रश्तावलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, भौतिक, पूर्वाधार तथा यातायात एवं शहरी विकासमन्त्री सुनिल लम्सालले समर्थन गरेका हुन् । उपसभापति अर्यालको मात्रै प्रश्ताव आएकाले उनी निर्विरोध निर्वाचित हुनुभएको सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले घोषणा गरे । उनले नवनिर्वाचित सभामुख अर्याललाई बधाई दिँदै कार्यकालको सफलताको शुभकामना समेत व्यक्त गरे ।
नवनिर्वाचित सभामुख अर्याल काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।प्रतिनिधिसभाको अर्को बैठक चैत २३ गतेका लागि तय भएको छ । बैठक सोमबार दिउँसो १ बजे बैठक बस्ने तय भएको ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले जानकारी दिए । नवनिर्वाचित सभामुख अर्यालले सदनको मर्यादा कायम हुनेगरी आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गरे । सभामुख निर्वाचित भएलगत्तै संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको संक्षिप्त जवाफ दिँदै उनले संविधान र कानूनको पालना गर्दै सबै सांसदहरुको सम्मान हुनेगरी आफू अघि बढ्ने समेत बताए । आफूले निष्पक्ष भूमिका निर्वाह गर्ने उनको भनाइ छ
यसअघि सभापति रवि लामिटानेले उपसभापति अर्याललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव पेस गर्दै लामिछानेले अर्याललाई निर्विरोध निर्वाचित हुनका लागि सहयोग गरेका दलहरुलाई धन्यवाद समेत व्यक्त गरेका थिए । उनले अर्यालले सबै दलहरुको भावना समेटेर निष्पक्ष रुपमा प्रभावकारी ढंगले प्रतिनिधि सभालाई अघि बढाउनुपर्नेमा जोड दिए ।।
यसअघि प्रतिनिधिसभा बैठकमा अर्याललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि समर्थन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समेत रहेका अर्थमन्त्री स्वर्णिम वाग्लेले सभामुखमा डोलप्रसाद अर्यालको भूमिका तटस्थ हुने विश्वास व्यक्त गरे । संसद्को अभिभावक हुँदा सबैभन्दा बढी अपेक्षा गरिने गुण तटस्थता भएको बताउदै उनले त्यसमा अर्याल खरो सावित हुनेमा विश्वास व्यक्त गरे ।
वाग्लेले २०१५ सालको निर्वाचनबाट सभामुख भएका कृष्णप्रसाद भट्टराईले स्थापित गरेको मानक फर्केर न्याय गर्नुपर्ने बताए । भट्टराईले सरकार सत्तापक्षको र संसद् विपक्षको हुन्छ भन्ने मानक स्थापित गरेका थिए । उनले पूर्वसभामुख दमननाथ ढुंगानाको भूमिकाको स्मरण गरे । संसद्लाई जीवन्त बनाउने जिम्मेवारी सभामुखमा हुनुपर्ने बताए । उनले पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भूमिका पनि सम्झिए । अग्रजको मर्मलाई बोकेर आफ्नो मौलिकता प्रस्तुत गर्ने विश्वास व्यक्त गरे ।
अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रश्तावको समर्थन गर्ने क्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानून निर्माणको कामलाई तिब्र गतिमा अघि बढाउन आफू प्रतिवद्ध रहेको बताइन् । संघीय संसदले आगामी दिनमा काम गर्ने थलोको रुपमा स्थापित गराउने गरी आफूले सहयोग गर्ने उनको भनाइ छ । उनले सरकारलाई जवाफदेही बनाउन संघीय संसदको भूमिका प्रभावकारी हुनुपर्नेमा पनि जोड दिइन् ।संविधानअनुसार, सभामुख र उपसभामुख अलग पार्टी र अलग लिंगको हुनुपर्ने व्यवस्था रहेकाले अब सदनको प्रतिपक्ष दलबाट महिला उपसभामुख बन्ने निश्चित भएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE