सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

दुई वर्ष सकारात्मक बोलौँ,सोचौँ र लेखौँः सभामुख अर्याल

काठमाडौं। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आफ्नो कार्यकालमा पूर्ण निष्पक्ष र तटस्थ रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। शपथ ग्रहणपछि सिंहदरबारस्थित कार्य कक्षमा पुगेर पदभार ग्रहण गर्दै उहाँले उक्त प्रतिवद्धता जनाएका हुन। उनले सभामुखको पदको गरिमा, यसको तटस्थता र निष्पक्षतालाई आफूले गहिरोसँग बुझेको बताए ।

सभामुख अर्यालले अहिलेको संसद २०८२ को विशेष निर्वाचनको म्याण्डेटबाट आएको उल्लेख गर्दै यस पटकको सबैभन्दा बलियो प्रतिपक्ष ‘जनता’ भएको बताए । सभामुख अर्यालले सदन विशेष गरी प्रतिपक्षको हुनुपर्ने मान्यतामा आफू दृढ रहेको स्पष्ट पारे । प्रतिपक्षमा एक जना मात्र सदस्य भएपनि उहाँहरू पावरफुल हुने भन्दै उहाँले प्रतिपक्षको आवाजलाई सम्मानजनक ढंगले उठान र बैठान गर्न आफू लागिपर्ने बताए ।

उनले भने , ‘यस पटकको निर्वाचन विगत र भविष्यका निर्वाचनभन्दा फरक छ । म सभामुखको हैसियतमा रहँदा मलाई राम्रोसँग थाहा छ—यस पटकको बलियो प्रतिपक्ष नागरिक नै हुन् ।’

मिडिया र आम नागरिकलाई विशेष अनुरोध गर्दै सभामुखले समाजमा सकारात्मक ऊर्जा फैलाउन आग्रह गरे । समाज निर्माणका लागि यो अनिवार्य रहेको उनको तर्क थियो ।
‘वर्षौँदेखि हामीले मिडियामा सकारात्मक समाचार पढ्न पाएका छैनौँ ।’ उनले भने , ‘संसारभर रहेका नेपाली र मिडियाका साथीहरूलाई मेरो अनुरोध कम्तीमा दुई वर्ष सकारात्मक बोलौँ, सकारात्मक सोचौँ र सकारात्मक लेखौँ ।’

प्रतिनिधि सभाको मुख्य काम कानून बनाउनु रहेको उल्लेख गर्दै उनले सरकारलाई नीति–नियम बनाउन सहयोग गर्ने र कानुन निर्माणमा अग्रसर हुने बताए।
भौतिक संरचना निर्माणलाई ठूलो विषय नबनाउन आग्रह गर्दै उनले भन्नुभयो, ‘विश्वमा ध्वस्त भएका संरचनाहरू छिट्टै उठेका इतिहास छन् । हामी पनि छिट्टै संरचना बनाउन सक्छौँ, तर मुख्य कुरा कानून र नीति हो ।’

विगतका दुःखद घटनाहरू भदौ २३ जस्ता फेरि नदोहोरिउन् र ‘जेन–जी’ पुस्ताका छोराछोरीले आहुति दिनु नपरोस् भन्नेतर्फ आफ्नो ध्यान केन्द्रित हुने उनले बताए । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बीचको समन्वयका साथै तीनै तहका सरकार र दुई सदन ९प्रतिनिधि सभा र राष्ट्रिय सभा० बीच राष्ट्रियता र जनताको हितमा बहस चलाइने उहाँले उल्लेख गरे ।

‘हामी राष्ट्र र जनताका लागि काम गर्दैछौँ भने त्यसमा विरोध गर्नुपर्ने कारण नै हुँदैन, त्यसैले समन्वयमा गाह्रो होला जस्तो मलाई लाग्दैन ।’उनले थपे।
पत्रकारहरूलाई सम्मानजनक सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदै सभामुख अर्यालले समस्या मात्र नथुपारी समाधानका लिखित प्रश्तावहरू लिएर आउन आग्रह गरे।उनले आफ्नो अनुभव र कार्यशैलीबाट सदनमा देखिने गरी परिवर्तन ल्याउने दाबी गर्दै त्यसका लागि केही समय पर्खिदिन आग्रह गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x