शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

अफगानिस्तानमा वर्षाजन्य घटनामा ७७ जनाको मृत्यु, १३७ घाइते

काठमाडौं । मुसलधारे वर्षाका कारण आएको आकस्मिक बाढीले अफगानिस्तानभर ७७ जनाको ज्यान लिएको छ भने १३७ जना घाइते भएका छन् ।

देशको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाए अनुसार ३ हजार ४ सय ६६ घरहरू पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । त्यस्तै ३३७ किलोमिटर सडक बाढीले बगाएको छ । ११ हजार ६ सय ७६ एकड जमिन डुबानमा परेका छन् । त्यस्तै १ सय २१ वटा पानीका नहर र सिंचाई नेटवर्कमा क्षति भएको छ भने ५ हजार ८ सय ११ परिवारहरू विस्थापित भएका छन् ।

प्राकृतिक प्रकोपबाट प्रभावित अफगानिस्तानको मौसम विज्ञान विभागले आगामी दिनमा थप भारी वर्षाको पूर्वानुमान गरेको छ । विशेष गरी दुर्गम र जोखिमपूर्ण क्षेत्रहरूमा बाढीको उच्च जोखिमको चेतावनी दिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x