शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

तेस्रो राष्ट्रिय निर्धारित योगदान सरकारको प्रतिवद्धता हो,लक्ष्य प्राप्तिमा सबैले सहयोग गरौँः डा. गोविन्दप्रसाद शर्मा

काठमाडौं। वन मन्त्रालयका सविच डा। गोविन्दप्रसाद शर्माले तेस्रो राष्ट्रिय निर्धारित योगदानमा उल्लेखित लक्ष्य प्राप्तिका लागि प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका छन्।

मन्त्रालयले आयोजना गरेको तेस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वय कार्यविधि माथिको छलफलको क्रममा उहाँले कुनै मन्त्रालय विशेषको प्रतिवद्धता नभई राष्ट्रको प्रतिवद्धता भएकाले लक्ष्य प्राप्तिमा सबै मन्त्रालय र सरोकारवालाहरुले सहयोग गर्नुपर्ने आवश्यकता औँल्याएका हुन। उनले तेस्रो एनडीसी मस्यौदा र कार्यान्वय कार्यविधिमा सबै सरोकारवालासँग छलफल गरी सुझाव संकलन गरिएको उल्लेख गर्दै कार्यान्वयनमा पनि सबैको सहकार्य अत्यावश्यक रहेको बताए। उनले झट्ट हेर्दा सरकारका लक्ष्य महत्वकांक्षी देखिएपनि कार्यान्वयन योजनामा आवश्यक तयारी गर्न लक्ष्य प्राप्ति गर्न कठिन नरहेको उल्लेख गरे ।

उनले भने , “केही लक्ष्यहरु महत्वाकांक्षी नै छजन् । लक्ष्य नै सानो राख्दा उफ्रिन सकिँदैन चुनौतिहरु भएपनि हामीले केही क्षेत्रमा महत्वकांक्षी लक्ष्य लिएका छौँ । आवश्यक तयारी गर्न सकियो भने फड्को मार्न असहज हुदैन । सम्बन्धित निकायबाट नै ती लक्ष्य निर्धारण गरिएको हो । यो बन मन्त्रालयको मात्रै होईन । यो राष्ट्रिय प्रतिवद्धता हो । यसलाई सबै मिलेर हासिल गर्नुपर्छ ।”

मन्त्रालयको जलवायु परिर्वतन व्यवस्थापन महाशाखा प्रमुख डा। महेश्वर ढकालले तेस्रो एनडीसीमा सरकारले शर्त र बिना शर्त हाँसिल गर्ने भनेर स्पष्ट लक्ष्यहरु निर्धारण गरेको स्पष्ट पारे । उनले महत्वकांक्षी लक्ष्यहरले विदेशी अनुदान आकर्षित गर्ने र त्यसका लागि ढोका खोल्ने भएकाले पनि नेपाल जस्ता मुलुकका लागि महत्वांक्षी लक्ष्यहरुले वैदेशिक अनुदाय भित्र्याउन सहयोगी भुमिका खेल्ने विश्वास व्यक्त गरे। उनले जलवायु परिवर्तनले सबै वर्ग र समुदायलाई प्रभाव पार्ने भएकाले सबै समूह केन्द्रीत छुट्टा छुट्टै प्रोजेक्ट बनाउनुको सट्टा सबै लाभान्वित हुने व्यवस्था मिलाउनु उपयुक्त हुने धारणा राख्े । उनले जलवायु अनुकुलन कार्यमा बालबालिकालाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्। उनले जलवायुकार्यलाई स्थानीयकरण गर्नमा कमजोरी देखिएकाले आगमी दिनमा सरकारको प्राथमिकता त्यसतर्फ हुनुपर्नेमा पनि जोड दिए ।

उनले भने ‘महत्वकांक्षी लक्ष्य राख्नुको अर्थ हाम्रा आफ्नै स्रोत र साधनले नसक्ने भएकाले हामीले कन्डिसनल र अन कन्डिसनल भनेका छौँ । अन कन्डिसनल टार्गेट हामीले हाम्रो स्रोत र साधनबाट प्राप्त गर्ने प्रयास गर्छांै । कन्डिसनल चाहीँ विकास साझेदार र विकसित देशहरुलाई दायित्व श्रृजना गर्ने गरी तपाईंहरुले सहयोग गर्नुभयो भने प्राप्त गर्नसक्छौँ भनेर राखेका छौँ । हाम्रा महत्वकांक्षी लक्ष्यहरुले लगानीको वातावरण श्रृजना गर्न पनि सहयोग पुु¥याउने छन् । विशेष गरेर बालबालिकाहरुमा हामीले जलवायु परिर्वतनका प्यारामिटर जानकारी गराउँदै निर्णय गर्नसक्ने क्षमता विस्तारमा ध्यान दिनुपर्छ । हामीले महिला, बालबालिका, दलित लगायतका लागि छुट्टा छुट्टै प्रोजेक्ट बनाउन भन्दा पनि दैनिक जीवनमा पर्ने जलवायु परिवर्तनको प्रभावबारे सबैलाई जानकारी गराउँदै एकीकृत ढंगले लैजान आवश्यक छ । अहिलेसम्म राष्ट्रिय स्तरको जलवायु परिवर्तन नीति र संयोजन प्रफेक्ट छन् । अन्तरराष्ट्रिय सबमिसनहरु प्रफेक्ट छन् । तर प्रदेश र स्थानीयतहमा लोकलाईजेसन गराउने सवालमा हाम्रा कमजोरीहरु छन् । भोलीका दिनमा प्रदेश र स्थानीय सरकारलाई कसरी सपोर्ट गर्नसक्छौँ रु त्यसतर्फ हामीले ध्यान दिनुपर्छ । ’

सरकारले सन् २०४५ सम्म कार्बन उत्र्सजनलाई नेट जिरोमा पु¥याउने महत्वाकांक्षी लक्ष्यसहित आफ्नो तेस्रो राष्ट्रिय निर्धारित योगदान एनडीसी संयुक्त राष्ट्रसंघलाई बुझाईसकेको छ । अहिले तेस्रो एनडीसी कार्यान्वयनका लागि कार्ययोजना बनाउने क्रममा वन मन्त्रालयले विभिन्न सरोकारवालाहरुसँग परामर्श गर्दे सुझाव लिने काम गरिरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x