बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

नियम मिच्ने अस्पतालको सम्झौता रद्द गर्ने स्वास्थ्य बीमा बोर्डको चेतावनी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले नियम मिच्ने अस्पतालको सम्झौता रद्द गर्ने चेतावनी दिएको छ ।

बोर्डले बीमा कार्यक्रमका सेवा प्रवाहमा लापरबाही गर्ने र सेवाग्राहीलाई अनावश्यक दुःख दिने स्वास्थ्य संस्थाहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको हो ।

बोर्डले एक सूचना जारी गर्दै बीमा कार्यक्रममा आबद्ध भएका केही सेवा प्रदायक संस्थाहरूले नियम विपरीत कार्य गरेको पाइएकाले त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको छ।

बीमाको प्याकेजभित्र पर्ने औषधि तथा औषधिजन्य सामग्रीहरू बाहिरबाटै खरिद गर्न लगाएको गुनासो बढेपछि बोर्डले यस्तो चेतावनी दिएको हो ।

बिमितहरूलाई सेवा लिनुअघि अनावश्यक अग्रिम समय लिन बाध्य पारिएको र सेवा प्रवाहमा भेदभावपूर्ण व्यवहार गरिएको भन्दै बोर्डले गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

यस्ता कार्य गर्ने संस्थाहरूलाई स्वास्थ्य बीमा नियमावली, २०७५ र स्वास्थ्य बीमा ऐन, २०७४ बमोजिम कारबाही गरिने बोर्डले स्पष्ट पारेको छ।

यी गतिविधिहरू दोहोरिएको पाइएमा ऐनको दफा १२ बमोजिम सम्बन्धित स्वास्थ्य संस्थासँगको सम्झौता नै रद्द गरिने चेतावनी दिइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x