शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

ट्रेनी कर्मचारीलाई न्यूनतम पारिश्रमिक अनिवार्य दिन श्रम मन्त्रालयको निर्देशन

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक एवं कर्मचारीलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिलाउन रोजगारदाता संस्थालाई चेतावनीसहित सचेत गराएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले सचेत गराएको हो । अस्पताल, स्वास्थ्य संस्था, निजी तथा संस्थागत विद्यालयलगायत विभिन्न प्रतिष्ठानमा कानुनको उल्लंघन भइरहेको भन्दै मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा ‘इन्टर्न श्रमिक’का रूपमा कार्यरत स्वास्थ्यकर्मी एवं नर्सिङ स्टाफ, निजी विद्यालयका शिक्षक, कर्मचारी र अरू प्रतिष्ठानमा कार्यरत व्यक्तिहरूले तोकिएबमोजिमको न्यूनतम पारिश्रमिक र सुविधा नपाएको गुनासो बढेपछि मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १८ को उपदफा (३) को कानुनी व्यवस्था स्मरण गराएको छ ।

मन्त्रालयले इन्टर्नका रूपमा काममा लगाइएका व्यक्तिहरूलाई पनि रोजगारदाताले अनिवार्य रूपमा सेवा सुविधा दिनुपर्ने स्पष्ट पारेको छ ।सामाजिक सुरक्षामा कुनै कमी नहुने गरी तालिमी श्रमिकलाई पनि कम्तीमा न्यूनतम पारिश्रमिक, बिरामी बिदा, उपदान, सञ्चयकोष, बिमालगायत सुविधा अनिवार्य रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले यसविपरीत न्यूनतम पारिश्रमिकलगायत सुविधाहरूबाट वञ्चित गराएको पाइएमा प्रचलित कानुन आकर्षित हुने व्यहोरा समेत जानकारी गराएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x